एमाले कर्णाली प्रदेशको बैठक बस्दै, अधिवेशन मूल आयोजक समिति गठन हुने

आउँदो ८ माघको प्रदेश अधिवेशन बारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दैछ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो ।

‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र गर्नुपर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिनेछ,’ केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘जिल्ला कमिटीहरूले प्रदेशमा बुझाउनुपर्ने आर्थिक दायित्वसहित प्रदेश पदाधिकारीको पदभार ग्रहणसमेत गराउने कार्यक्रम छ ।’ 

एमालेको हालै बसेको दोस्रो केन्द्रीय समिति बैठकले २३ पुसभित्र जिल्ला र ८ माघ भित्र प्रदेश अधिवेशन गर्न निर्देशन दिएअनुसार सुर्खेतमा बैठक बस्न लागेको हो ।  





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १२:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया