सर्वदलीय बैठकअघि सत्तारुढ दलहरूको बैठक बस्दै

सत्तारुढ दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सर्वदलीय बैठकअघि सत्तारुढ दलहरूको बस्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए । 

उनका अनुसार राष्ट्रिय मुद्दामा सत्तारुढ दलहरूभित्र साझा धारणा तय गर्नेबारे छलफल गर्न बैठक बस्ने भएको हो । आजको सर्वदलीय बैठकको एजेण्डा अमेरिकी सहयोग परियोजना एमसिसीबारे के गर्ने भन्ने छ । 

अमेरिकाले उक्त परियोजना छिटो संसदबाट अनुमोदन गरेर कार्यान्वयन प्रक्रियामा अघि बढ्न सरकारमाथि दबाब दिँदै आएको छ । 

परियोजना कार्यान्वयनबारे कांग्रेससहित एमाले सकारात्मक छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी) ले परियोजनाको सम्झौतामा रहेका केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, जनमोर्चासहित नेपाल मजदुर किसान पार्टीले भने विरोध गर्दै आएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १३:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया