सिराहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
छुरा प्रहारबाट घाइते भएका गोलबजार–६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई–९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।