देउवा समूहको बैठक बस्दै, ‘घात गर्ने’ हरूको पहिचान गरिने

१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ ।

महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा तथा परिचर्चा गर्न यो छलफल बोलाइएको देउवानिकट एक नेताले जानकारी दिए । 

‘अब महाधिवेशनको समीक्षा गरौँ भनेर बैठक बोलाइएको हो,’ देउवानिकट एक नेताले भने, ‘यसमा सबैको भूमिका के रह्यो भन्नेबारे पनि चर्चा हुनेछ ।’

महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा देउवाइतर पक्षको प्रभाव बढी देखिएको छ । महामन्त्रीमा त देउवा प्यानलका दुई उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पराजय भोगेका छन् ।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएपछि देउवा समूहमा नै अन्तर्घातका कारण यस्तो भएको चर्चा चल्न थालेको छ ।

‘देउवा प्यानलका मतदाताले पनि अरू प्यानलका लागि मत दिएको देखिएको छ,’ देउवानिकट ती नेताले भने, ‘अनि यसको कारण देउवानिकट मानिएकै नेताहरू भएको बताइएको छ ।’



देउवा पक्षधर नेताहरूले ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउदलगायतले महामन्त्रीको आकांक्षा गरेको तर टिकट नपाए पछि यसको विरोधमा उनीहरू नै लागेको निष्कर्ष निकालेका छन् । 

यही विषयमा छलफल गर्न सोमबारका लागि देउवानिकट नेताहरूले बैठक बोलाएका हुन् । 



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १३:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया