समस्यामा परेकालाई सम्पर्कमा आउन गैरआवासीय संघ कतारको आग्रह

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

गोर्खा सेवा समाजको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मुसलानले अप्ठ्यारोमा परेकालाई कुनै दुविधा नराखी एनसीसीको सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

कतार सरकारले अवैधानिक आप्रवासीका लागि वैधानिक हुन दिएको म्याद ३१ डिसेम्बरसम्म मात्रै रहेकोले जतिसक्दो तोकिएकै अवधिभित्र कानुनी प्रक्रियामा आउनलाई उनले जोड दिए ।

गोर्खा सेवा समाजका अध्यक्ष रामजी खत्रीको अध्यक्षतामा भएको साधारणसभामा समाजका संरक्षक बुधबल गुरुङ, श्रीकृष्ण भट्टराई, पत्रकार महासंघ कतारका अध्यक्ष करिमबक्स मिया, नेपाली महिला समाज कतारका उपाध्यक्ष माया केसी, जनसम्पर्क समितिका उपसभापति रामकुमार मण्डल, जनप्रगतिशील मञ्चका उपाध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्चका सदस्य हंसराज ढकाल, सुदूरपश्चिम समाजका अध्यक्ष प्रमानन्द भट्ट, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, प्रदेश-२ समन्वय परिषदका अध्यक्ष साकिर अलि, गण्डकी समन्वय परिषदका उपाध्यक्ष सागर पौडेल, स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमत अलि र सामाजिक अभियन्ता केबी हमाल लगायतकाको उपस्थित थियो ।

वरिष्ठ उपाध्यक्ष ओमराज गुरुङले साधारणसभाका बारेमा प्रकाश पारेका थिए भने समाजका महासचिव विकास श्रेष्ठले सहजीकरण गरेका थिए ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १४:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया