प्रधानमन्त्री निवासमा सुरु भयो सर्वदलीय बैठक
फाइल तस्वीर

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ ।

माधव नेपालले दर्ता गरेको पार्टीलाई आफूहरुले स्वीकार नगरेको बताउँदै एमाले अनुपस्थित भएको हो । 

बैठकमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बैठकबाट बाहिरिएका छन् । उनले आफू ‘अर्को कार्यक्रममा जानुपर्ने’ भएको प्रतिक्रिया संचारकर्मीलाई दिँदै बालुवाटारबाट बाहिरिएका हुन् । 

बैठक केही बेरअघि सुरु भएको छ । बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ । 

संसदमा जारी गतिरोध हटाउनका लागि देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १५:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया