एक सातामा नेप्से : ७३.२३ अंकले गिरावट, लगानीकर्ताले १ खर्ब २ अर्ब गुमाए

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.२३ अंकले गिरावट आएको छ ।

गत साताको अन्तिम कारोबार बिहिबार नेप्से  ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा रोकिएको थियो । साताको ५ दिन भएको कारोबारमा ७३.२३ अंकले ओरालो लागेर २ हजार ३७६.७४ विन्दुमा रोकिएको छ । यो साता नेप्से परिसूचकमा निकै ठूलो उतारचढाव आएको छ ।  मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से यो साता प्रचण्डको अभिव्यक्तिका कारण बजारमा धेरै विचलन आएको छ ।

गत शनिवार प्रचण्डले एक कार्यक्रममा सेयर बजार साम्राज्यवादको उन्नत रुप भएको टिप्पणी गरेका थिए। उनको उक्त टिप्पणी कै कारण साताको चार दिन बजारले गति लिन सकेन । तर, मंगलबार भने शेयर बजार ६ प्रतिशतले बढ्दा ४० मिनेटको लागि कारोबार नै बन्द भएको थियो ।

नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ८८.७० अंकले घटेर २ हजार ३६१.२७ विन्दुमा झरेको  थियो । आइतबार ८८.७० अंकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकियो । त्यस्तै सोमबार ७९.२३ अंकले घटेर नेप्से २ हजार २८२.०१ बिन्दुमा रोकिएको थियो । आइतबार २३ सय बिन्दुमा रोकिएको नेप्से सोमबार २२ सयको बिन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचकमा हरियाली छाएको थियो । 

प्रचण्डको भाषणपछि घटेको शेयर बजार मंगलबार  ६ प्रतिशतले बढेर  १ बजेर ३५ मिनेटमा नै कारोबार बन्द भएको थियो । मंगलबार १३७ अंकले बढेको थियो । यसरी नेप्से १३७ अंकले बढेर २ हजार ४१८ अंकमा उक्लिसकेको थियो । उक्त दिन १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार भने नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको थियो । त्यस्तै,साताको अन्तिम कारोबारका दिन विहिबार पनि ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा झरेको छ ।

यो साता बजार पुँजीकरणका हिसाबले ५ दिनमा लगानीकर्ताले १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका छन्। पछिल्लो एक सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँले घटेर कुल बजार पुँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँमा संकुचित बनेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, प्रचण्डको अभिव्यक्तिका कारण आइतबार र सोमबार दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका थिए । ३४ खर्ब रहेको पुँजीबजार सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको थियो ।



नेप्से परिसूचकको बजार पुँजीकरण ४५ खर्ब रुपैयाँ पुगेको थियो । तर, पछिल्लो समय निरन्तर रुपमा बजार घट्दै बजार अहिले ३३ खर्बमा सीमित भएको छ । पुँजी करिब ४५ खर्ब रुपैयाँ पुगेको बजारले यो बीचमा करिब १२ खर्ब रुपैयाँ गुमाइ सकेको छ । यसरी बजार निरन्तर रुपमा घट्दा सरकारले समेत अर्बौं रुपैयाँको राजस्व गुमाएको छ ।

करिव पाँच महिना देखि शेयर बजार बियरिस ट्रेन्डमा रहेको छ । यसरी बियरिस ट्रेन्डमा रहेको बजारमा पछिल्लो एक सातामा माथिल्लो तहका व्यक्तिहरुको अभिव्यक्तिका कारण बजारमा पहिरो जान साथ दिएको देखिन्छ । नेताहरुले शेयर बजारको विषयमा भएका अभिव्यक्तिले गर्दा अहिले ४६ लाख शेयर लगानीकर्ता निकै त्रसित बन्दै गएका छन् ।



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १७:४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया