एमालेले उठाएका मुद्दामा सरकार छलफल गर्न तयार

प्रमुख प्रतिपक्ष नेकपा एमालेले उठाएको विषयमा छलफल गर्न तयार रहेको सरकारले जनाएको छ। 

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकपछि बालुवाटारमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रतिपक्षले उठाएको विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका हुन् । 

सर्वदलीय बैठकमा संघीय संसद अवरुद्ध हुँदा नियमित काम र भूमिका प्रभावित भएकोबारे छलफल भएको उनले जानकारी दिए । 

'संसदलाई लामो समय बन्धक बनाउनु राम्रो होइन, सशक्त प्रतिपक्ष हुनुपर्छ भन्दैमा संसद चल्न नदिने भन्ने हुँदैन' उनले भने,' संसद निरन्तर अवरुद्ध हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्नेबारे बैठकमा छलफल भयो' उनले भने । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १८:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया