कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवा पक्षका १० जना पराजित

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको परिणाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका ९ जना पराजित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा देउवा समूहबाट पूर्वमहामन्त्री शशांक कोइरालासहित ३५ जना आधिकारिक उम्मेदवार थिए ।

हरिप्रसाद नेपाल (१३८४), मंगलप्रसाद थारु (१५१७), शम्भुलाल श्रेष्ठ (१४२०), विरेन्द्रकुमार कनौडिया (१५१९), नरेशबहादुर सिंह (१२३९), शारदा पौडेल (३५८), सुधिरकुमार शिवाकोटी (१२२९), रत्नबहादुर कार्की (१३९८), गंगाधर तिवारी (१२२८) र जनकराज गिरी (१४१९) पराजित भएका हुन् । यी सबै उम्मेदवारको नाम देउवा समूहले बाँडेको प्यानलको सूचीमा उल्लेख थियो ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया