एमबाप्पे चम्कदा पिएसजीको शानदार जित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले घरेलु टोली फेइगनिस अलनोइविरुद्ध ३–० गोल अन्तरको जित हासिल गरेको हो । 

पिएसजी​को जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई र मोउरो इकार्डीको एक गोल गरे ।  तीमध्ये पिएसजी​ले दुई गोल पेनाल्टीमार्फत गरेको हो ।

पि​एसजीले १६ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट अग्रता पाएको थियो । ३० औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाए ।

५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।  





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ८:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया