मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

संस्थापन इतर समूहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।

कांग्रेसको विधान अनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरिणामले ३७ नम्बरमा परेका छन् ।

पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वास पात्र मानिन्छन् । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । 

पराजित भएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'म खुसी छु मत पटकपटक हारौँ तर विचारमा सम्झौता गर्नु परोस्,स्वाभिमान न झुकोस् पदसँग प्रतिष्ठा साट्नु नपरोस् ।'





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १०:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया