माओवादी प्रदेश-२ को सम्मेलन सकियो, नयाँ नेतृत्व प्रचण्डले घाेषणा गर्ने

सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश–२ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन  । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।

लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।

माओवादी प्रदेश–२ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो । 

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ ।  

प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले घोषणा गर्नेछन् । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ११:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया