logo-img

पानामा पेपर्स प्रकरण : ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो

भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ ।

भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो । गैरकानुनी ढंगले विदेशमा सम्पत्ति लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो । 

चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअघि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् । 

पानामा पेपर्स खोजमूलक पत्रकारहरूको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो । दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरूमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो ।

विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कस्तो हथकन्डा अप्नाउछन भन्ने बारेमा पानामा पेपर्सले एतिहासिक खुलासा गरेको थियो । 



आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर विश्वका कयौं धनाढ्यले स्वदेशमा कर छली गर्नेदेखि कालो धनलाई सेतो बनाउने गरेको पानामा पेपर्सले खुलासा गरेको थियो ।  



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया