नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भएपनि बीचमा स्थगित भएर सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।
खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।
भुसालले १ हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।