प्रतिभालाई राष्ट्र र समाजमा उपयाेग गर्ने वातावरण सिर्जना गर्नु राष्ट्रकाे दायित्व : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई  राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।

उनले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए ।

आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युगसापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको उनकाे भनाइ छ ।

प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘विद्यार्थी कल्याण सम्बन्धी कार्यहरू बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्नेगरी यसलाई निरन्तरता दिनुपर्दछ । विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीहरूसँग सहकार्यको आवश्यक पर्दछ । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्दछ । मुलुककाे अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदाे वैज्ञानिक एवं प्राविधिक जनशक्तिकाे उत्पादन हुनुपर्दछ ।’



विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १४:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया