अपारदर्शी रूपमा विज्ञापन खुलाएकाे भन्दै जनकपुरधामस्थित राजर्षि विश्वविद्यालयमा तालाबन्दी

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा शिक्षकहरूले तालाबन्दी गरेका छन् ।  

सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकाेमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएकाे भन्दै शिक्षकहरूले तालाबन्दी गरेका हुन् । 

शिक्षकहरूले आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन् । 

पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दीलिप यादवले आफूहरू स्थापनाकालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरूको उमेरसमेत पार भइसकेकोमा त्यसलाई ख्याल नगरी सेवा आयोगले विज्ञापन आह्वान गरेको आरोप लगाए । 

यादवले आयोगद्वारा अपारदर्शी तरिकाबाट उपप्राध्यापक २६ जना दरबन्दी सिटमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाइएको तथा यस विश्वविद्यालयमा पढाई नै नहुने विषय भूगोलमा पनि विज्ञापन खोलिएकोमा विरोधस्वरूप पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षक संघ र करार कर्मचारीद्वारा तालाबन्दी गरिएको बताए । 

आफूहरू यहाँ काम गरेवापत अनुभव प्राप्त गरेकोमा त्यसको कुनै मार्क नराखेपछि बाध्य भएर तालाबन्दी गरेको उनले दुःखेसो सुनाए । 



रजिस्ट्रार, भिसी, सेवा आयोगका अध्यक्ष, सदस्यहरूलाई जानकारी गराउँदा आश्वास दिए पनि आज एक्कासि विज्ञापन आह्वान गरिएको देखेको र त्यसमा उमेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरेको पेपर कोर्स कन्ट्रक्ट संघका सचिव रविराज साहले बताए । 

राजर्षि जनक विश्वविद्यालयले जनस्वास्थ्य, कानून, कम्प्युटर एप्लिकेसन, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल हेमाटोलोजी लगायतको विषयको उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको छ ।



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १५:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया