केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन : माधव नेपाल
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । ज्यादै उपद्रोको संज्ञा दिँदै उनलाई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन्न नसकेको टिप्पणी गरेका छन् ।

आज समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै आएकाले तत्कालीन नेकपा विघटनको संघारमा पुगेको बताएका हुन् । 

‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अब मेरो पालो भन्नुपर्थ्यो नि । केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, नेपालले भने ।

ओलीले पटकपटक संसद् विघटन गरेर र नेकपालाई विभाजन गरको भन्दै उनी वामपन्थी नै नभएको टिप्पणी गरे । 

नेपालले भने, ‘केपी ओलीको वामपन्थ होइनन् रामपन्थ हुन् ।  अग्रगमन होइन, प्रतिगमनको नारा लगाउँदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।’
 
पाँच दलीय गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रूपले अघि बढ्ने उनको भनाइ छ । सबैको चाहना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १५:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया