१७.९३ अंकले गिर्याे सेयर बजार

तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । 

आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो । 

सेयर बजार पछिल्लो एक महिनादेखि निरन्तर रूपमा गिरावट आइरहेको छ । आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा झरेको छ ।

त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज पनि कारोबार रकममा खासै सुधार भएन ।

नेप्से कारोबारमा आएका १३ उपसमूहको उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स दुई उपसमूहको सूचक बाहेक ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ

आज नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन डिस्टिलरी र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । 



त्यस्तै, अन्य कृषि विकास बैंक, महुली सामुदायिक लघुवित्त, शिव श्री हाइड्रोपावर  र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य बढेको छ । 

आज धेरै मूल्य गिरावट हुनेमा माउन्टेन इनर्जी नेपाल, नारायणी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी , तेह्रथुम पावर  र समृद्धि फाइनान्सको मूल्यमा गिरावट आएको छ ।



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १६:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया