शिक्षामन्त्रीको निर्देशन- निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । 

सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।

‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ मन्त्रीले भन्नुभयो, ‘यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’

शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषदबाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया पनि थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिए ।

१३ हजार ९३ प्रावि शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे । 

नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।



छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्न माध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए ।

‘हामीले माविको १ हजार ५६५ पदका लागि विज्ञापन गरिसकेका छौं,’ अध्यक्ष रेग्मीले भने,‘ यसै साता निम्न माध्यमिक विद्यालयमा रिक्त २ हजार ५९८ पदका लागि विज्ञापन गछौं ।’



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १६:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया