शिक्षामन्त्रीकाे चिन्ता : नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो कि !

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भने,‘कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् कि ? वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौँ, सोच्नुपर्नेबेला आएको छ ।’
 
उनले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाब दिए । 

उनले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याए । सिकेका सीपलाई राष्ट्र विकासको एक सूत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उनको जोड थियो । 

मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रस्ट्याए ।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया