दबाब दिन संघर्ष समिति गठनपछि कैलालीमा हत्या गरिएका युवकको शव उठ्यो

कैलालीमा विभत्स तरिकाले हत्या गरिएका युवककाे शव सोमबार उठेको छ ।

शनिबार सामुदायिक वनमा मृत फेला परेका जिल्लाको जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको शव परिवारले उठाएका हुन् । 

दासका परिवारले हत्यारालाई कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका थिए । 

प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेपछि अर्जुनको शव सोमबार उठाइएको हो ।

शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए । 

घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् । 



प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ ।



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया