१६औँ अनशनको तयारीमा डा. गोविन्द केसी

काठमाडौं– चिकित्साक्षेत्रमा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी १६औँ अनशनको तयारीमा लागेका छन् । यसअघि १५औँ पटक उनी २७ दिन लामो अनशन बसेका थिए । 

सो वेला उनी चिकित्सा शिक्षा विधेयकलाई प्रमुख माग बनाएर अनशनमा बसेका थिए । विगतमा १५ पटकसम्मको अनशनमा सरकारसँग भएका सम्झौता कार्यान्यवन नभएको भन्दै केसी फेरि अनशनको तयारीमा जुटेका हुन् । 

सोबारे जानकारी गराउनका लागि डा. केसीले आज दिउँसो ३ बजे शिक्षण अस्पतालको गणेशमान स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको उनको सहयोगी प्रतिम सुवेदीले बताए । 

पत्रकार सम्मेलन गरेर तीनहप्ते अल्टिमेटमसहित आफ्ना माग प्रस्तुत गर्ने कार्यक्रम रहेको सुवेदीले बताए । 


 





  • प्रकाशित मिति : मंसिर १०, २०७५ साेमबार १४:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया