कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिकको सहायता

बेलायत सैनिकले नेपाली सैनिकलाई कोभिड–१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड–१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शय्या र पिसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।

कोभिड उपचारमा सजिलो हुने २५ वटा शय्या र पिसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका थिए ।

यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास बेलायती दूतावासले लिएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ७:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया