डब्लूएचओको आग्रह : जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नू

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरूलाई आफ्नो बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ । 

‘जीवन नै रद्द गर्नभन्दा कार्यक्रम रद्द गर्नु उपयुक्त हुन्छ,’ डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयससले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निर्णय’ लिनुपर्ने उनको भनाइ छ । ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनले बताए ।

नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरूले कोभिड प्रतिबन्ध लगाइरहेका बेला डब्लूएचओका प्रमुखको भनाइ आएको हो । 

नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ । बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ । 

पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ । तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यलय ह्वाइटहाउसले जनाएको छ ।   





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ८:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया