शंखमूलमा प्लास्टिकका सामानको गोदाममा आगलागी, वरपरका घर पनि जोखिममा

काठमाडौं– काठमाडौंको शंखमूलमा रहेको प्लास्टिक सामानको गोदाममा आगलागी हुँदा लाखौँको सामान नष्ट भएको छ ।

शंखमूलको युएन पार्कनजिकैको सो गोदाममा  सोमबार सवा तीन बजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

एक्कासि कसरी आगलागी भएको भन्नेबारे थाहा भएको छैन । प्लास्टिक गोदाममा लागेको आगो बाहिर फैलिँदा वरपरका घरमा पनि जोखिम देखिएको छ ।

काठमाडौं महानगरपालिकाको दमकललगायत चारवटा दमकलले पनि आगो निभाउन सकेको छैन ।

गोदामधनी रम कार्कीले आफ्नो ७ करोड रुपैयाँहाराहारीको सामान नष्ट भएको दाबी गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७५ साेमबार १५:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया