प्रजातान्त्रिक आन्दाेलनका अगुवा मिश्रकाे सम्झनामा श्रद्धाञ्जलि एवं प्रार्थनासभा

नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५४औं पुण्यतिथिको अवसरमा मंगलबार जनकपुरधाममा श्रद्धाञ्जली एवं प्रार्थनासभाको आयोजना गरिएको छ ।

रामनारायण मिश्र स्मारक समितिको आयोजनामा भजन कीर्तनका साथै प्रार्थनासभा गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीको पूर्वी डिलस्थित मिश्रको अन्तिम संस्कार स्थलमा आयोजित प्रार्थनासभामा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

स्व. मिश्र राणाकालीन निरंकुश जहाँनिया शासनको विरुद्धमा २००४ सालदेखि नै लोकसेवक संघको माध्यमबाट विभिन्न रचनात्मक क्रियाकलापहरू गर्दै जनचेतना जगाउने गर्थे । 

नेपाली कांग्रेसद्वारा सञ्चालित २००७ सालको सशस्त्र क्रान्तिमा समेत उनको सहभागिता रहेको थियो । 

२०१५ साल फागुन ७ गते भएको संसदीय आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएर विपी कोइरालाको नेतृत्वमा २०१६ साल जेठ १३ गते गठित मन्त्रिमण्डलमा समेत उनी उद्योग वाणिज्यमन्त्री बनेका थिए । 



जनकपुरमा चुरोट कारखाना र वीरगञ्जमा चिनी मिलको स्थापनामा उनकै योगदान छ ।

मिश्रका छोरा प्रदेश २ प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँण, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया