सेयर बजार : ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा  हिमालयन डिष्ट्रिलरी छ । याे कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।       

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । 

ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १५:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया