नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए ।
मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दावी गरे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो ।
उनले एमालेले संसदबाट आफूहरूलाई हटाउन दवाव दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताए ।
‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलव छैन । नेपाली जनताको सातो कायम रहनु पर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ । हाम्रो ध्येय यही नै हो' उनले भने ।
अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताए । उनले एमाले ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भइसकेको दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।