कांग्रेसमा पूर्वराष्ट्रपति यादवका छोराले जिते, राष्ट्रपति भण्डारीकी सम्धिनी पराजित
प्रतीकात्मक तस्वीर

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतपरिणाम आउने क्रममा जारी छ । निर्वाचनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरादेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनीसम्मले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा पूर्वराष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव पाँच जना खुला मधेसी केन्द्रीय २१३८ मतसहित तेस्रो नम्बरमा निर्वाचित भएका छन् । २१ जना उम्मेदवारमा उनले सर्वाधिक तेस्रो मत पाए ।   

पूर्वराष्ट्रपति यादवका छोराले जित्दा उनकी भतिजी एवं वर्तमान राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव पराजित भइन् । चार जना मधेशी महिला केन्द्रीय सदस्यमा २७२२ मत पाएर पाँचौं हुँदै किरण हारिन् । किरण यसअघि केन्द्रीय सदस्य थिइन् ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १८:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया