बेलायतमा ओमिक्रोन प्रभावित व्यवसाय लक्षित एक अर्बको सहायता प्याकेज घोषणा

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले सबैभन्दा बढी असर परेका व्यवसायीलाई सहयोग गर्न बेलायतले मंगलबार १.० अर्ब पाउण्डस्टर्लिङ (करिब १ अर्ब ३० करोड अमेरिकी डलर) सहायता प्याकेजको घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत आतिथ्य र मनोरञ्जन क्षेत्रका फर्मलाई अनुदान प्रदान गरिनुका साथै साना तथा मध्यम आकारका व्यवसायका लागि राहत प्रदान गर्ने सरकारले बताएको छ ।

हालैका हप्तामा बढ्दो कोरोना भाइरस संक्रमणले गर्दा कर्मचारीको बढ्दै गएको भन्दै अतिथि सत्कारका क्षेत्रले बारम्बार राज्यसँग सहायताका लागि आह्वान गर्दै आएका थिए ।

वित्त मन्त्री ऋषि सुनाकले भनिन्, 'ओमिक्रोन भेरिएन्टको फैलावटले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायी व्यस्त हुनुपर्ने समयमा ठूलो अनिश्चितताको सामना गरिरहेका छन् भन्ने कुरा हामीलाई थाहा छ । त्यसैले १ अर्ब पाउण्डस्टर्लिङको सहयोग प्याकेजको योजना अघि सारेका छौँ ।'

उनले यस योजनाअन्तर्गत प्रत्येक क्षेत्रमा करिब दुई लाख व्यवसायले छ हजारसम्म अनुदान पाउने छन् । स्थानीय अधिकारीहरूले अन्य संघर्षरत व्यापारिक संस्थाहरूलाई सहयोग गर्न अर्को १ करोड पाउण्डस्टिर्लिङ उपलब्ध गराउने बताएका छन् ।

राज्यले हिउँदमा इङ्ल्याण्डका सांस्कृतिक संगठनहरूलाई समर्थन गर्न आफ्नो संस्कृति पुनः स्थापना कोषमा ३० मिलियन पाउण्डस्टर्लिङ सहयोग गर्नेछ ।



प्रधानमन्त्री बोरिस जोन्सनले राहत प्याकेजको सम्बन्धमा भने, 'कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको वृद्धिसँगसँगै, मानिसहरूले आफ्नो जीवन बचाउन बढी सावधानी अपनाउनु उचित छ । वर्षको सबैभन्दा व्यस्त समयमा हाम्रो आतिथ्य, मनोरञ्जन र सांस्कृतिक क्षेत्रलाई असर गरिरहेको छ । यसका लागि सरकारले उचित कार्यक्रमको घोषणा गर्दै जानेछ ।'



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २०:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया