नेपाली कांग्रेस थारु खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।
पार्टीको १४औँ महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु खुला केन्द्रीय सदस्यतर्फ रामजनम चौधरी २५०३ र योगेन्द्र चौधरी २१९८ मतका साथ विजयी भएका छन् ।
जम्मा खसेको ४६५१ मत मध्ये ४८ मत बदर भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।