कतार सरकारले अवैध भिसा व्यापार गरेमा तीन वर्षसम्म कैद र ५० हजारसम्मको जरिवाना तिर्नुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा पहिलोपटक कैदसँगै तोकिएको रकम तिर्नुपर्ने र दोहोर्याएमा कतारी रियाल एक लाखसम्म जरिवाना सम्बन्धी नियम लागू भएको जनाएको हो ।
कुनै पनि कम्पनीले तोकिएको अवधिभित्र निवास अनुमति र नवीकरण प्रक्रिया अगाडि बढाउन असफल भएमा म्याद समाप्त भएको मितिबाट ९० दिनभन्दा बढी नहुँदा भने १० हजार कतारी रियालसम्मको जरिवाना हुने बताइएको छ ।
कार्यक्रममा एकीकृत सेवा विभागका क्याप्टेन मोहम्मद अली अल रशिद र खोज र फलोअप विभागका लेफ्टिनेन्ट अहमद अब्दुल्लाह अल मारीले उल्लङ्घनकर्ताहरूलाई अनुग्रह अवधि र सेटलमेन्ट रकममा ५० प्रतिशत कटौतीको फाइदा लिनसमेत आग्रह गरे । उनले आवासीय अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरी कर्मचारीलाई राहदानी बुझाउनसमेत रोजगारदातालाई आग्रह गरे ।
‘प्रवासीको प्रवेश, निकास र बसोबासलाई नियमन गर्ने कानुन नम्बर २१–२०१५ को प्रावधान उल्लङ्घन गर्नेहरूका लागि अनुग्रह अवधि शीर्षक दिइएको कार्यक्रममा अवैधानिक आप्रवासीहरूले वैधानिक बनाउने अवधि ३१ डिसेम्बरसम्म मान्य हुनेमा रशिदले जोड दिए ।
उनका अनुसार कम्पनिले आवास अनुमति लिने वा नवीकरण गर्ने प्रक्रिया पूरा गरी कर्मचारीलाई राहदानी हस्तान्तरण नगरेमा २५ हजार रियालसम्म जरिवाना गरिनेछ ।
कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था सच्याउनको लागि ग्रेस अवधि घोषणा गरेपछि आन्तरिक मन्त्रालयले हालसम्म २० हजारभन्दा बढी कामदारबाट निवेदन प्राप्त गरेको समेत जानकारी गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।