स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित सेभिया र बार्सिलोना बराबरीमा रोकिएका छन् ।
सेभियाको घरेलु मैदान रामोन सान्चेज पिज्जुआनमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली सेभिया अंक बाँड्न बाध्य भयो ।
खेलको ३२ औं मिनेटमा एलेसान्द्रो गोमेजले गोल गर्दै सेभियालाई अग्रता दिलाए । ४५ औं मिनेटमा रोनाल्ड एराउजोले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
६४ औं मिनेटमा जुलेस कुन्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सेभिया १० खेलाडीमा सीमित बनेको थियो ।
यो नतिजासँगै १८ खेलमा ३८ अंक जोड्दै सेभिया दोस्रोमा रहँदा बार्सिलोना २८ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।