इलाम नगरपालिका-८ को धोवीधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन्।
पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।