बागमती प्रदेश : सभामुख श्रेष्ठले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ । 

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन । 

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४३, नेकपा (माओवादी केन्द्र) का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी कूल १०९ सांसद रहनुभएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १०:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया