प्रदेश २ ले पारित गर्यो कर्मचारी भर्नासम्बन्धी विधेयक, नेकपाको विमति

जनकपुर– प्रदेश २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको छ । 

सोमबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विधेयक पेस गरेपछि नेकपाका तर्फबाट प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गरे । विधेयक बहुमतले पारित भयो । 

विधेयकको पक्षमा सत्ताधारी दल संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसका सदस्य थिए भने नेकपाका प्रदेशसभा सदस्य विपक्षमा उभिए । 

विधेयक पेस गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना गर्नु रहर नभई बाध्यता भएको बताए । कर्मचारी अभावका कारण नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था शून्य रहेको उनले उल्लेख गरे ।

संघीय सरकारले अवकाशको चरणमा रहेका कर्मचारी पठाउने गरेका कारण अन्योलको स्थिति कायम रहेको भन्दै उनले प्रदेशमा आउन चाहने कर्मचारीलाई नपठााई आउन नचाहनेलाई पठाएर संघीय सरकारले संघीयताको मर्ममाथि नै प्रहार गरिरहेको आरोप लगाए । 



कर्मचारी समायोजनसम्बन्धी विधेयक अध्यादेशमार्फत ल्याउने संघीय सरकारको प्रक्रिया असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेशमा करारमा कर्मचारी भर्ना गर्दा योग्य तथा सक्षम व्यक्तिलाई स्थान दिने प्रतिबद्धता व्यक्त गरे । 
 



  • प्रकाशित मिति : मंसिर १०, २०७५ साेमबार १९:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया