नेप्सेमा थप चार कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज एक्स्चेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ । 

नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजनपछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ पतिशत नगद लाभांश वितरण गर्दै छ । 

छिमेक लघुवित्तको समायोजनपछिको भाउ नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन पतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ । 

गणपति लघुवित्तको समायोजनपछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।   





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ११:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया