कोरोना महामारीका कारण स्थगित भएको मिस वर्ल्डको ग्राण्ड फिनाले आगामी २ चैतमा हुने भएको छ । अमेरिकाको पुएर्तो रिकोमा आगामी १६ मार्च २०२२ मा पुनः ग्राण्ड फिनाले हुन लागेको आयोजकले विज्ञप्ति जारी गर्दै जनाएको हो ।
यसअघि १६ डिसेम्बरमा ग्राण्ड फिनालेको मिति तय भएको थियो । सातजना प्रतियोगी, आयोजक र अन्यमा कोरोना संक्रमण देखिएपछि अन्तिम समयमा ग्राण्ड फिनाले स्थगित गरिएको थियो ।
अब नयाँ मितिमा अन्तिम ३० मा पुगेका प्रतिस्पर्धी फेरि अमेरिका जानुपर्ने भएको छ । उत्कृष्ट ३० मा प्रवेश गरेकी मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ गत सोमबार नेपाल आएकी थिइन् । यतिबेला उनी होम आइसोलेसनमा छिन् ।
अबको ग्राण्ड फिनालेमा सीमित व्यक्तिहरूलाई मात्र सहभागी गराइनेछ । फिनालेलाई टेलिभिजनमार्फत विश्वभर प्रशारण गरिने मिस वर्ल्ड लिमिटेडकी प्रमुख जुलिया मोर्लेले जानकारी दिइन् ।
नम्रता विश्वभरका विभिन्न प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै टप ३० मा पर्न सफल भएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।