म्यानमारमा एउटै पहिरोमा ७० जना बेपत्ता

उत्तरी म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तिमा ७० जना मजदुर बेपत्ता भएका छन् । 

कचिन राज्यको हपाकान्त क्षेत्रमा स्थानिय समय अनुसार बुधबार विहान ४ बजे उक्त पहिरो गएको थियो । 

घटनास्थलमा उद्धार कार्य जारी रहेको बताइएको छ । बेपत्ता हुने अधिकांश अवैध मजदुर रहेको जनाइको छ । 

हपाकान्त क्षेत्रमा खानी सञ्चालन प्रतिबन्ध लगाइएको भए पनि स्थानीयले रोजगारको अभाव र कोरोनाले आर्थिक अवस्था नाजुक भएको जनाउँदै खानी सञ्चालनमा ल्याएका थिए । 

केही दिनअघि मात्र सोही क्षेत्रमा रहेको अर्को एक खानीमा पहिरो जाँदा १० जना मजदुर बेपत्ता भएका थिए । सन् २०२० मा हपाकान्तमा भएको एक दुर्घटनामा १६० जनाभन्दा बढीको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया