उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ।
कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजदुर छिरेपछि ठूलाे पहिरो गएको थियो ।
खानीमा अधिकांश मजदुर गैरकानुनी रूपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।