सिराहामा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

सिराहामा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिराहाको गोलबजार नगरपालिका वडा नम्बर-२ का २२ वर्षीय भुवनप्रसाद महतो, वडा नम्बर-६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

गत शनिवार राति करिब साढे ८ बजे सिराहाको गोलबजार नगरपालिका वडा नम्बर-६ मा दुई समूहबीच विवाद भएको थियो । 

सोही विवादमा दिपक साह लगायतका समूहले छुरा प्रहार गरेपछि वडा नम्बर-६ डोहटियाका २६ वर्षीय रामकुमार सदा र रिकेश सदा घाइते भएका थिए । घाइतेहरूलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि आर.के. मेडिसिटी अस्पताल धनगढी लगिएको थियो।

उपचारकै क्रममा रामकुमार सदाको मृत्यु भएको थियो । घाइते रिकेश सदाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। 

शनिबार गोलबजार-६ स्थित लक्ष्मी मन्दिरदेखि पश्चिमतर्फ जाने सार्वजनिक बाटोमा होहल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेको रामप्रसाद सदा लगायतको समूहलाई दिपक साह लगायतको समूहले किन होहल्ला गरेको ? हल्ला नगरी आफ्नो घर जानू भनेपश्चात् विवाद भई झगडा भएको थियो ।



घटनापश्चात् स्थानीयहरूले आन्दोलन गर्दै राजमार्गसमेत अवरुद्ध गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरू घाइते भएका थिए । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १४:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया