एमालेको अवरोध मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही होइन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् । 

बुधबार संसद बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको उनले बताए । 

‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्क सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिस बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन । संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरु उठाउने थलो हो' उनले भने । 

उनले राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानुन, संकल्प निर्माण गर्ने थलोलाई बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ भन्दै प्रश्न समेत गरे । उनले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे । 

'यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो । धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ’ उनले भने ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १६:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया