नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखापरेको छ ।
एक ८९ वर्षीय वृद्धामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. मिश्राले ओमिक्रोन संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।
उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनको भनाइ छ ।
यसअघि गत मंसिर ३ गते दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । जसमा एक जना विदेशी र एक जना नेपाली थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।