कांग्रेस प्रदेश २ अधिवेशन : निर्वाचन गराउने वा नगराउने विषयमा नाराबाजी

नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश- २ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन साँझ ५ बजेसम्म पनि सुरु हुन सकेको छैन । 

निर्वाचनस्थल स्थानीय गोपाल धर्मशालामा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण प्रसाद यादव पक्षका कार्यकर्ताहरूले निर्वाचन गराउने वा नगराउने विषयमा नाराबाजी गरिरहेका छन् ।  

रामसरोज प्यानलका कार्यकर्ताले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नारावाजी गरिरहेका छन् भने कृष्ण यादव प्यानलका कार्यकर्ताले मन्त्री रामसरोज यादवविरुद्ध नाराबाजी गरिरहेका छन् । 

कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने अडान राखेका छन् भने रामसरोज पक्षका कार्यकर्ताले भोलि बिहीबार निर्वाचन गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १७:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया