सभामुखसँग सदन चलाउने ढंग छैन, पार्टीको विशेष दूत भएर काम गरिरहेका छन् : लेखराज भट्ट

नेकपा एमालेका सचिव लेखराज भट्टले सभामुख पार्टीको विशेष दूत भएर काम गरिरहेको आरोप लगाएका छन् । बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,  ‘सभामुख सभामुख भएका छैनन्, उनी पार्टीको विशेष दूत भएर काम गर्छन्, सदन कसरी चलाउनुपर्छ भन्ने उनलाई ज्ञान नै छैन । सदनलाई कसरी अगाडि बढाउने, संसदीय मर्यादा कसरी राख्नुपर्छ भन्ने थाहा छैन ।’

भट्टले परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए । ‘परमादेशबाट आएको सरकारले जे गर्नुपर्थ्यो, त्यही गरिरहेको छ,’ उनले भने । उनले अहिलेको सरकारबाट नागरिकलाई धेरै अपेक्षा नरहेको समेत दाबी गरे । 

एमसिसीको बारेमा एमाले पार्टीभित्र कुनै द्विविधा नरहेको प्रस्ट पार्दै भट्टले भने,  ‘पहिले त सरकारले सदनमा यो विषय ल्याउनुपर्यो, अनि के गर्ने भन्ने हुन्छ,’ भट्टले भने,’ गठबन्धनवाला सरकारले हामीसँग बहुमत छ भन्दै छ, टेबुल गरे हुन्छ त । हाम्रो त सहयोग चाहिन्छ भनेकै छैन त ।’  

पहिलेको सरकारले नै ल्याएको एमएमसीलाई एमाले सरकारले ले अगाडि बढाएको उनको तर्क छ ।

पार्टीको महाधिवेशन सम्पन्न भएपछि भट्ट पहिलोपटक गृह प्रदेशमा आएका हुन् । उनी जिल्ला अधिवेशनमा भाग लिन आइपुगेका हुन् । 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १८:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया