प्रदेश १ सरकारको साझा कार्यक्रम तयार

विराटनगर प्रदेश १ का सत्ता साझेदार दलले साझा कार्यक्रम बनाएका छन् । प्रदेश सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा बनेको कार्यदलले निर्माण गरेको साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाएको छ ।

प्रदेश- १ मा पाँच दलीय गठबन्धनको सरकार बनेसँगै साझा कार्यक्रम निर्माण गर्न थापाको संयोजकत्वमा कार्यदल बनेको थियो । 

कार्यदलले अल्पकालीन र दीर्घकालीन साझा कार्यक्रम तयार गरी बुधबार मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाएको सांयोजक थापाले जानकारी दिए ।

उनका अनुसार सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको छ ।

थापाले प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरेको बताए ।

कार्यदलले प्रदेश सरकारले अल्पकालीन योजनामा स्वास्थ्य, कृषि, शिक्षा र कोरोनाको उपचारलाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरेको  छ ।



कार्यदलले पर्यटनबाट प्रदेशको आर्थिक विकास हुने भन्दै प्रदेश १ लाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बनाउने योजना दीर्घकालीन प्राथमिकतामा राखेको छ ।

समितिमा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्मा, नेकपा (एकीकृत समाजवादी)का राजन राई सदस्य छन् ।



प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले सरकारले प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए । कांग्रेस महाधिवेशनका कारण प्रदेशको काममा केही प्रभाव परेको उल्लेख गर्दै उनले अब द्रुत गतिमा काम अघि बढ्ने बताए ।

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १९:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया