चन्द्र कामीले भने– पाँच दिन जंगलमा बसेँ, चार दिन होटलमा

२९ मंसिरदेखि हराइरहेका हुम्लाका चन्द्रबहादुर कामी (चन्द्रे कामी) बुधबार भेटिएका छन् । उनी हुम्लाकै खार्पुनाथ गाउँपालिकामा भेटिएका हुन् । उनले प्रहरीसँग आफू पाँच दिन जंगलमा बसेको बताएका छन् । 

हुम्लाका जंगलमा रहेका गोठहरुमा आगो बालेर आफू बसेको उनले प्रहरीलाई बयान दिएका हुन् । 

यसअघि मल्ल थरकी एक युवतीसँग विवाह गरेकाले चन्द्र कामीलाई ती युवतीका माइती पक्षले लगेका थिए । त्यसपछि उनी सम्पर्कविहिन थिए । उनले विवाह गरेकी युवती चाहिँ माइतीमा भेटिएकी थिइन् । 

आफूलाई अपहरण नगरे पनि उनीहरुको डरले आफू जंगलमा लुकेर बसेको चन्द्र कामीले बताएका छन् ।

उनलाई केटी पक्षका युवाहरुले घरबाट केही पर लगेपछि छोडेको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लामा उनले बताएअनुसार उनको मोबाइल पनि ती युवाहरुले लगेका छन् । यसअघि उनीमाथि हातपात हुन सकेको अनुमान गरिएको थियो । तर, आफूलाई कसैले पनि नकुटेको उनले बताएका छन् ।

प्रहरीका अनुसार उनको शरीरमा पनि चोटपटकको कुनै निशान छैन । चन्द्रले चाहिँ आफू हुम्लाका ठान्ना र गुसा भन्ने लेकमा बसेको र त्यहाँका गोठामा आगा बालेर बसेको बताएका छन् ।



पछि आफू खार्पुनाथको सुनखाडा भन्ने बजारमा झरेर त्यहाँको होटलमा बसेको चन्द्र कामीले बताएका छन् ।

५ मंसिरमा चन्द्रबहादुरले मुगुको सोरु गाउँपालिकाकी एक युवतीलाई भगाएर लगेका थिए । त्यसको २४ दिनपछि ती युवतीका माइती पक्षका युवाहरु आएर युवतीलाई फिर्ता लगेका थिए ।



 

याे पनि पढ्नुहाेस्– 

अन्तरजातीय विवाह गरेका चन्द्रे कामी एक सातादेखि बेपत्ता, युवती भने माइतीमै फेला

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १९:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया