नेकपा माओवादी केन्द्र प्रदेश १ का ९ पदाधिकारीका लागि ३३ जनाको मनोनयन दर्ता भएको छ । सहमतिमा पदाधिकारी छान्न नसकेपछि आज निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
पदाधिकारी निर्वाचित गर्न साँझ ७ बजेबाट मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।
अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ, मुक्साहाङ मेयाङ्बो र कुबेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । तीन उपाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ भने एकजना सचिव पदमा गणेश उप्रेती सुशील, सिपी कडरिया र वीरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
तीनजना सहसचिव पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा चारजनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।