चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका थिए ।
सन् १९८९ मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रवादी कार्यकर्ताको स्मरणमा प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए ।
‘द पिलर अफ सेम’ नाम दिइएको सो प्रतिमा हटाउन अक्टोबरमा विश्वविद्यालयले निर्देशन दिएको थियो । प्रतिमा कमजोर भएकोले सम्भावित सुरक्षा जोखिमबाट बच्न त्यसलाई हटाइएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
तर, चीनको दबाबमा हङकङ सरकारले सो प्रतिमा हटाएको जानकारहरू बताउँछन् । प्रतिमा विश्वविद्यालयले गोदाममा राख्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।