नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाको आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाले आवेदन दिएका छन् ।

सर्वोच्च अदालतले तत्काल प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियालाई अगाडि बढाउन रोक लगाए पछि यो रोकिएको छ । तर, यसअघि नै भ्याकेसन खुलिसकेकाले ९ जनाको आवेदन परेको हो । 

आवेदन दिनेमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक भइसकेका बुद्धि आचार्य पनि छन् । त्यस्तै, टेलिकमकी व्यवसायिक अधिकृत संगिता पहाडीले पनि आवेदन दिएकी छिन् ।

यसअघि खानेपानी संस्थानमा पूर्वमहानिर्देशक रहेका इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमका पूर्वकर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले पनि आवेदन दिएका छन् ।

यसअघि नेपाल टेलिकममा प्रबन्ध निर्देशकका रुपमा थिए, डिल्लिराम अधिकारी । अधिकारी सुरुमा टेलिकमको प्रबन्ध निर्देशक हुँदा करोडौँ रुपैयाँ घुस खाएको चर्चा चलेको थियो । पछि फाइभ जी नेटवर्क विस्तारमा पनि उनले अनियमितता गरेको आरोप लाग्ने गरेको थियो ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १२:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया